३८० जना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार

0
394

कात्तिक १३,२०७७ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभर ३ सय ८० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। मन्त्रालयको अनुसार हाल ७६ जना भेन्टिलेटरमा र ३०४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८४ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४९ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३६ जना आइसियु र १० जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, सुदूरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा १३ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन्।

यस्तै, नेपालमा एकैदिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

SHARE