
कात्तिक ९,२०७७ महोत्तरी : महोत्तरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
रामगोपालपुर नगरपालिकास्थित रामगोपालपुर र गोठबनौलीको बीचमा विपरीत दिशाबाट आउँदै गरेको दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।
रामगोपालपुरदेखि गोटवनौलीतिर जाँदै गरेको ज१०प ३३९१ नम्बरको मोटरसाइकल र गोटवनौलीदेखि रामगोपालपुरतिर आउँदै गरेको ज९प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा ज१०प ३३९१ नम्बरको मोटरसाइकलमा सवार रामगोपालपुर ५ कञ्चनपुर बस्ने २० वर्षीय लालबाबु मण्डल गम्भीर घाइते भएका थिए।

घाइते मण्डलको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जानकारी दिए।






