करिब दुई लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ

0
416

कात्तिक ९,२०७७
कञ्चनपुर : कृष्णपुर नगरपालिका–१ बाट एक लाख ८१ हजार ४०० रुपैयाँसहित पाँचजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको टोलीले शनिबार साँझ प्रहरीले स्थानीय विपिन चन्दको घरमा जुवा खेल्दै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–१ का सुमन भण्डारी, दमन चन्द, वडा नम्बर ५ का यज्ञराज पाण्डेय, शुक्लाफाँटा नगरपालिका–४ का जयबहादुर धानुक र वडा नम्बर ७ का नरबहादुर कुवँर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

SHARE