आज नेपालमा २२२५ जनामा कोरोना

0
368

कात्तिक ८,२०७७ काठमाडौं : आज नेपालमा २ हजार २ सय २५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयले आज प्रकाशित गरेको नेपालमा कोरोनासम्बन्धी पछिल्लो अपडेटअनुसार आज देशभरबाट ८ सय ४६ संक्रमित डिस्चार्ज भएका छन्।

देशभर गरिएको १३ हजार ८ सय ४६ परीक्षणबाट यो संख्या थपिएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ। त्यस्तै हाल देशभर ४६ हजार ५७ सक्रिय संक्रमित रहेको उल्लेख गरिएको छ।

SHARE