सूचना प्रविधिको प्रयोग गरी चाडपर्व मनाउन सञ्चारमन्त्री गुरुङको आग्रह

0
688

कात्तिक ८,२०७७ काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचना प्रविधिको भरपूर प्रयोग गर्दै जहाँ छौं त्यहीं बसेर चाडपर्व मनाउन सबैमा आग्रह गरे । दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मन्त्री गुरुङले सो आग्रह गरे ।

महामारीका बेलामा आफू बाँचेर अरुलाई बचाउनु नै सबैभन्दा ठूलो मानव सेवा भएको प्रष्ट पार्दै मन्त्री गुरुङद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “भौतिक दूरी कायम गर्दै स्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण पालना गरौं ।”

दशैं, तिहार, छठ तथा नेपाल सम्बतको मन्त्री गुरुङले स्वदेश तथा विदेशमा रहनुहुने सबै नेपालीमा शुभकामना व्यक्त गरे।

SHARE