पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्ज खुला

0
602

कात्तिक ८,२०७७ बर्दिया : बर्दिया राष्ट्रिय निकुुञ्ज करिब सात महिनापछि पर्यटकका लागि खुला गरिएको छ। गत चैत ११ देखि पर्यटकका लागि बन्द गरिएको निकुञ्ज गत शनिबारदेखि खुला गरिएको हो।

दशैं, तिहारलगायतका चाडपर्वका समयमा बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए। स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए।

SHARE