कात्तिक ८,२०७७ बाँके : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको हो।
नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।