
कात्तिक ८,२०७७ रुपन्देही : रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका(७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा शनिबार बिहान मृत्यु भएको हो।
कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा शनिबार बिहान पौने ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए।






