राष्ट्रपतिले यस वर्ष दसैंमा टीका नलगाइदिने

0
545
फाइल फोटो

कात्तिक ८,२०७७ काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन भएको छ।

विगतमा दशैँमा उक्त परम्परा रहेकोमा यस पटक विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ का कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

SHARE