पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना

0
456

कात्तिक ८,२०७७ काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ ।

भट्टराईले आफु र हिसिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। कार्तिक ७ गते गरेको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको डा भट्टराईले जानकारी दिएका छन्।

उनले चिकित्सकहरूको सल्लाह बमोजिम अहिले होम आइसोलेसनमा नै रहने बताएका छन्। डा भट्टराईले केही समय यता सम्पर्कमा रहेका महानुभावहरू सबैले सतर्कता अपनाउन विशेष आग्रह गरेका छन्।

SHARE