
कात्तिक ६,२०७७: गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमितको उपचार प्रबन्धमा कुनै परिवर्तन नगरेको जनाएको छ ।
मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले कोरोना सङ्क्रमितको उपचार पहिले जुन अवस्थामा भएको थियो सोही अवस्थामै हुने जानकारी दिए ।






