
कात्तिक ६,२०७७ धरान : धरानमा थप एक कोभिड संक्रमितको पुरुषको मृत्यु भएको छ। सुनसरीको इनरुवा नगरपालिका १ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको हो।
मृतकलाई ३ गते कोरोना पुष्टि भएको र सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह(प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।






