मौसम सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली

0
565
फाइल फोटो

कात्तिक ६,२०७७ काठमाडौं : देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू–भागको मौसममा आंशिक वदली रहेको छ ।

देशका बाँकी भू–भागहरूको मौसममा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

बगमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुइ स्थानमा हल्का बर्षाको सम्भावाना रहेको विभागले जनाएको छ ।

आज राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

SHARE