राष्ट्रपतिको दुई महिनाको तलब र दशैं खर्च कोरोना कोषमा

0
330

कात्तिक ५,२०७७ काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले दशैं खर्च र दुई महिनाको तलब ुकोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषुमा जम्मा गर्ने भएकी छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले सरकारले स्थापना गरेको कोरोना कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम जम्मा गर्ने घोषणा गरेकी हुन्।

SHARE