धरानमा ५५ वर्षीय संक्रमित महिलाको मृत्यु

0
244

कात्तिक ५,२०७७ धरान : धरानमा थप एक कोभिड संक्रमितको महिलाको मृत्यु भएको छ। सुनसरीको गढी गाउँपालिका ४ की ५५ वर्षीय महिलाको ४ गते राती ९ बजे मृत्यु भएको हो।

मृतकलाई ४ गते कोरोना पुष्टि भएको र सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह(प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

SHARE