कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु

0
344

कात्तिक ५,२०७७ बाँके : कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको ज्यान गएको छ ।

मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारकालागि कोहलपुर आएका युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

बेलाडी–५ कञ्चनपुरका २४ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मङ्गलबार बेलुका मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए ।

SHARE