कात्तिक ४,२०७७ रुपन्देही : संघीय सरकार कोरोना संक्रमितहरुको नि(शुल्क उपचारबाट पछि हटेको अवस्थामा लुम्बिनी प्रदेश सरकारले भने लक्षण सहितका सबै संक्रमितको उपचार निशुल्क गर्ने भएको छ ।
प्रदेशका ४ वटै कोरोना बिशेष अस्पतालमा लक्षण सहितका वा अस्पतालमा बस्नु पर्ने अवस्थाका सबै कोरोना संक्रमितको उपचार निशु्ल्क गर्ने भएको हो । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रदेशका अस्पतालहरुमा कोरोना संक्रमितको उपचारमा शुल्क नलाग्ने जानकारी दिए ।
उनले स्टाटसमा लेख्दै भनेका छन् ‘सरकारले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत छ’।