प्युठानमा बस दुर्घटना एकको मृत्यु, तीन जना गम्भीर घाइते

0
468

कात्तिक ४,२०७७ प्यूठान : तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
माण्डवि गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब एक सय मिटर तल खसेर दुर्घटना भएका घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना रहेका छन। त्यस्तै, प्युठानको माण्डवि १ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमीखत्री र दाङको बंगलाचुलीगाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते छन् । उनीहरुको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको प्रहरीले जनाएको छ ।

SHARE