भैरहवाको पेट्रोल पम्पमा आगलागी

0
458
सांकेतिक तस्बिर

कात्तिक ३,२०७७ रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ ।

सोमबार राति करिब साढे ७ बजे पेट्रोलपम्पमा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा ट्यांकरमा आगलागी भएको हो ।
दमकल पुगेर आगो निभ्याउने प्रयास भए पनि अझै आगलागी नियन्त्रणमा आएको जनइएको छ ।
प्रहरी र स्थानीयले निभाउने प्रयास गरेका छन । ट्याङ्करमा डिजल, पेट्रोल वा मट्टीतेल के छ भन्ने नखुलेको र नियन्त्रणमा कठिनाइ भएको प्रहरीले बताएको छ । थप विवरण आउन बाँकी छ ।
ट्यांकरबाट सल्केको आगोले पम्पमा समेत टिपेकोले थप क्षतिको खतरा रहेको प्रहरीले बताएको छ

SHARE