चितवन मेडिकल कलेजमा एक जना संक्रमितको मृत्यु

0
247

कात्तिक ३,२०७७ चितवन : चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए ।ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि पीडित ती पुरुषमा असोज २० गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।उपचारमा अथक प्रयास गर्दागर्दै आज बिहान उनको मृत्यु भएको डा। लम्सालले बताए ।

SHARE