गण्डकीका थप ५६ जनामा कोरोना

0
357

कात्तिक ३,२०७७ कास्की : गण्डकी प्रदेशमा सोमबार बिहान थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको संख्या पाँच हजार ७८६ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले जारी गरेको सोमबारको पहिलो विज्ञप्तिमा तीन जिल्लाका ३५ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै दोस्रो विज्ञप्तिमा तीन जिल्लाका सातजनामा संक्रमणको पुष्टि भएको उल्लेख छ। तेस्रो विज्ञप्तिमा तीन जिल्लाका १४ जनामा कोरोना पोजिटिभ देखिएको उल्लेख छ।

SHARE