लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरूले दशैं खर्च नलिने

0
1047

कात्तिक २,२०७७ रुपन्देही : लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ। प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको हो।

मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले प्रेस नोट जारी गरी प्रदेशका जनप्रतिनिधिले चाडपर्व खर्च नलिने जनाएका हुन्।

उनले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म कुनै प्रकारको चाडपर्व खर्च दशैं खर्च नलिएको स्पष्ट पारेका छन्।

SHARE