गण्डकीका निजी प्रयोगशालाबाट पनि कोरोना परीक्षण

0
254

कात्तिक १,२०७७ कास्की : गण्डकी प्रदेशमा निजी प्रयोगशालाबाट पनि कोरोना संक्रमण भएरनभएको परीक्षण गर्न थालिएको छ।

कास्कीको पोखरा महानगरपालिका स्थित न्यूरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालि ९लाइफकेयर ल्याब० ले कोरोनाको पीसीआर परीक्षण शुरू गरेको हो। यो नै प्रदेशमा निजी ल्याबबाट कोरोनाको परीक्षण गर्ने पहिलो प्रयोगशाला हो।

प्रदेशकै एक मात्र ‘क’ वर्गको ल्याबका रूपमा रहेको लाइफकेयरले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी ९एनपिएचएल० बाट मान्यता प्राप्त गरेको छ।

कोभिड–१९ को परीक्षणकै लागि मात्र एक करोड रुपैयाँ भन्दा बढी थप लगानी गरेर प्रयोगशाला स्थापना गरिएको सञ्चालक डा। अमर नागीलाले बताए। उनका अनुसार अमेरिकी ब्रान्डको ९६ वेलप्लेट आरटिपीसीआर मसिनले एक पटकमा ९६ वटा स्वाबको परीक्षण गर्न सकिने छ।

SHARE