गुल्मीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

0
495

कार्तिक १,२०७७ गुल्मी : रेसुंगा नगरपालिका वडा नं १२ उर्लेनीकी ६५ बर्षीय एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
उनको शुक्रबार बुटवलको कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा ज्यान गएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
उनमा मुटुको समस्या र फोक्सोमा पानी जम्ने समस्या रहको अर्यालले बताए । उनी केही दिन पहिले तम्घासको रेसुंगा हस्पिटलमा उपचारका लागि गएको र हस्पिटलले बुटवल रिफर गरेको थियो ।
बुटवलमा कुनै हस्पिटलले भर्ना नलिएको र अन्त्यमा लुम्बिनी प्रादेशिक हस्पिटलले कोरोना परीक्षण पश्चात भर्ना लिने भएपछि स्वाब दिइएको थियो । उनमा शुक्रबारै कोरोना पोजेटिभ आएपछि कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको साँझ ६ः ३० बजे ज्यान गएको अर्यालले जानकारी दिए । यो संगै गुल्मीमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

SHARE