कार्तिक १,२०७७ बाँके : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको गएराति मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १८, कारकाँदो निवासी १८ वर्षीया युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए।