हवल्दार र श्रीमती ४ लाख घुससहित पक्राउ

0
566

असोज ३०,२०७७ रुपन्देही : देशभर प्रहरी दिवस मनाइरहेका बेला रुपन्देहीमा भने एकजना हवल्दार चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत एकजना प्रहरी हवल्दार र उनकी श्रीमती ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

प्रहरी हवल्दार शिवचन्द्र साहनी र उनकी श्रीमती निर्मला केवटलाई ४ लाख घुस रकमसहित शुक्रबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले पुष्टि गरे।

थुनुवाहरुलाई धरौटीमा छुटाइदिन्छु भन्दै उनीहरुले चार लाख घुस लिँदै गर्दा सियारी गाउँपालिका–७ अमुवाको खनाल मिष्ठान्न भण्डारबाट रंगेहात पक्राउ गरिएको हो। साहनी र उनकी श्रीमती अहिले अख्तियारको नियन्त्रणमा छन्।

SHARE