लुम्बिनी प्रदेशमा एकै दिन ३७७ जनामा कोरोना

0
394

असोज ३०,२०७७ रुपन्देही : लुम्बिनी प्रदेशमा शुक्रबार अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा। पुष्पराज पौडेलका अनुसार आज एकै दिन ३७७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये २५६ जना पुरुष र १२१ जना महिला छन् ।यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो ।

शुक्रबारसम्म लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ६७ पुगेको छ । यो देशभरको तुलनामा १२ प्रतिशत हो ।

प्रदेशमा संक्रिय संक्रमितको संख्या ३ हजार ६०४ छ । ३४४ जनामा विभिन्न लक्षण रहेको  पौडेलले जानकारी दिए ।

SHARE