
असोज ३०,२०७७ काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। दुई महिला एक जना पुरुष रहेका छन्।
काठमाडौं तारकेश्वकी २३ र गोर्खाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ। त्यसैगरी ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालका डाक्टर सविन थपलियाले जानकारी दिए।






