सुजन न्यौपाने
असोज २९,२०७७ अर्घाखाँची : ताराखसे मन्दिर मा मेलापर्वको अवधिभर सरायँ मेला, जात्रा, खेलकुद प्रतियोगिता नहुने भएको छ ।
बिश्वभर फैलिएको कोरोना भाइरसका कारण सायँ नाँच , मेला जात्रा नहुने स्रोतले जनाएको छ । अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालीका –७ मा रहेको एतिहासिक धार्मिक श्री आकाशदेबि मन्दिर ताराखसेले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण पछिल्लो समय अर्घाखाँची जिल्लामा पनि तिब्र रुपमा बढ्दै गएको र मेलापर्वको अवधिमा भेला तथा जमघट हुँदा संक्रमण बढ्न सक्ने भन्दै ताराखसे मन्दिर मा मेलापर्वको अवधिभर सरायँ मेला, जात्रा, खेलकुद तथा मनोरन्जनात्मक गतिविधिमा प्रतिवन्ध लगाएको छ ।