नवनियुक्त मन्त्रीको सपथ आज शितलनिवासमा

0
610

असोज २९,२०७७ काठमाडौं : नवनियुक्त मन्त्रीहरुको सपथग्रहण आज हुँदैछ। हिजो नियुक्त भएका अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्नेछन्।

नवनियुक्त मन्त्रीहरुलार्ई शितलनिवासमा विहान साढे ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

सपथ ग्रहणलगत्तै मन्त्रीहरुले मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै तीन जना मन्त्री थपेका थिए उपप्रधानमन्त्री ईश्वर पोखरेलको रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राखेर उनलाई बिना विभागीय बनाइएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ।

SHARE