कोरोनाबाट पोखरामा एकको मृत्यु

0
406

असोज २८,२०७७ कास्की : कोरोनाका कारण हिजो बेलुकी लमजुङका एक पुरुषको मृत्यु भएको छ।

लमजुङ ​बेशिशहर नगरपालिका–२ का ५६ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार केन्द्र पोखरामा यहि असोज १८ गते कोरोना संक्रमण पुष्टि भइ उपचाररत उनको हिजो बेलुकी मृत्यु भएको हो।

SHARE