आठ सञ्चारकर्मीमा कोरोना पुष्टि

0
272

असोज २७,२०७७ महोत्तरी : महोत्तरीमा सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ।

आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो। यसअघि नै चारजनामा सङ्क्रमण पुष्टि भएको थियो।

आज सङ्क्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन्। निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आपूmमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताउनुभयो। चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा सङ्क्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिए। सम्बन्धित चारैजना आफैँले यसको पुष्टि गरेका छन्‌।

SHARE