चितवनका ७२ सहित ९२ जना कोरोना संक्रमित थपिए

0
416

असोज २७, २०७७

चितवन : चितवनका दुई वटा प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना कोरोना संक्रमति थपिएका छन्।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्।

प्रयोगशालाका अनुसार थपिएका संक्रमितमा चितवनका मात्रै ७२ जना छन्। नवलपुर र मकवानपुरका ५र५, काठमाडौं,भक्तपुर, नुवाकोट, काभ्रे, गोरखा, लमजुङ, उदयपुर, झापा, सर्लाही र नवलपरासीका एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएका छन्।

SHARE