
असोज २५, २०७७ काठमाडौं : नेपालमा कोरोनासंक्रमणका कारण थप २२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ जना पुरुषको मृत्यु भएको हो।
काठमाडौंमा ६६ वर्षीया महिला, ६० वर्षीय पुरुष, ७० वर्षीय पुरुष, ७५ वर्षीय पुरुष र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै, ललितपुरमा ४९ वर्षिय पुरुष, भक्तपुरमा ४४ वर्षीय पुरुष र ५७ वर्षीय पुरुषको मृत्यु भएको छ।
यसैगरी, चितवनमा एक ७५ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, एक उमेर नखुलेका पुरुष, ४७ वर्षीय पुरुष र ९८ वर्षीय पुरुषको मृत्यु भएको छ।
त्यस्तै, सुनसरीमा ६२ वर्षीया महिला, ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष मकवनपुरमा ८५ वर्षीया महिला सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुषको मृत्यु भएको छ।
यस्तै, नुवाकोटमा ७७ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, ६१ वर्षीय पुरुष र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।






