आज देशभर आंशिकदेखि सामान्य वदली, केही स्थानमा हल्का बर्षाको संभावना

0
589

असोज २५,२०७७काठमाडौं : बंगालको खाडीको पूर्वी–मध्य भागमा न्युन चापीय क्षेत्र कायम रहेको भएको छ ।

देशका अधिकांश भू–भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ ।

त्यस्तै बाँकी भु–भागका मौसममा आंशिक बदली रहने छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

देशका पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

SHARE