३० आर्मीसहित गण्डकीमा थप ६२ जना संक्रमित

0
376

असोज २५, २०७७ कास्की :  गण्डकी प्रदेशमा आइतबार बिहान थप ६२ जनामा कोरोना पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६२ जना संक्रमितहरु थपिएका हुन् ।
नयाँ संक्रमितहरुमा बाग्लुङका ३६ जना, कास्कीका २१ जना र लमजुङका ५ जना रहेका छन्। नयाँ संक्रमितहरुमा बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मीमा, २ जना पुरुष नेपाल प्रहरीमा र १ जना पुरुष र १ जना महिला बाग्लुङ इजलासमा कार्यरत, ३६ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय व्यबसायी रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका–८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत छन् भने वार्ड नं १५, १४, ४, २२, १, ३२, १७ का ७ जना भारतबाट आएका हुन् ।

SHARE