पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

0
384

असोज २४, २०७७ काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ।

आफूलाई संक्रमण भएको जानकारी मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट दिएका छन्। आज शनिबार गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो। भट्टराईले कोरोना संक्रमणपछि लक्षणका रुपमा आफूलाई हल्का ज्वरो आएको उल्लेख गरेका छन्।
हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो उनले भनेका छन् आज शनिबार पुन कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु।
हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन।

SHARE