कोरोनाबाट दाङमा थप एकजनाको मृत्यु

0
367

असोज २४, २०७७ बाँके : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका–३, गोग्लीका किशोरको शुक्रबार राति ८३५ बजे मृत्यु भएका हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १९ मा मेडिकल कलेजमा भर्ना गरिएको थियो। उक्त दिन नै ती किशोरमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
सबै प्रकारका उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई प्लाज्मा थेरापी समेत दिइएको श्रेष्ठले बताए

SHARE