लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना पुष्टि

0
429

असोज २३, २०७७ रुपन्देही : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले पुष्टि गरे।
सामान्य रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान द्रुत स्वाब परीक्षणमार्फत उनको पिसिआर परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएपछि उनी अहिले मन्त्रालयकै निवासमा होम आइसोलेसन बसेका छन्।

SHARE