नेपालमा थप १० संक्रमितको मृत्यु

0
290

असोज २३, २०७७ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ।
एक जना महिलासहित ९ पुरुषले कोरोना संक्रमणको कारण ज्यान गुमाएका हुन्। योसँगै नेपालमा कोरोनाका कारण मृतकको संख्या ६०० पुगेको छ। जसमा झापाका दुई पुरुष सुनसरीका एक पुरुष काठमाडौंका एक पुरुष र एक महिला, ललितपुरका एक र रुपन्देहीका दुई पुरुष छन्।

यस्तै, बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको छ। शुक्रबार देशभर १३ हजार ८७९ जनाको पिसिआर परीक्षण गरिएको छ।

SHARE