परराष्ट्रको सचिवमा भरतराज पौड्याल

0
582

असोज २३, २०७७ काठमाडौं : सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। चार वर्षअघि पाकिस्तानको राजदूतको कार्यकाल समाप्त गरेर फिर्ता भएयता मन्त्रालयमै वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए।

परराष्ट्रसचिव शंकरदास बैरागी मुख्य सचिवमा नियुक्ती भएपछि पौडेललाई परराष्ट्र सचिवको जिम्मेवारी दिइएको हो।

SHARE