सुनसरीमा दुई संक्रमितको मृत्यु

0
383

असोज २३, २०७७ काठमाडौं : सुनसरीमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका ६ का ६८ वर्षीय र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। इटहरीका संक्रमितलाई २० गते कोरोना पोजेटिभ भएको थियो। मृतक प्रतिष्ठानमा उपचाररत थिए।
२२ गते कोभिड अस्पतालमा भर्ना भएका थिए। बिहीबार राति साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानका सह(प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए। मृतकमा पहिलेदेखि दीर्घ रोग थियो।

SHARE