बिहीबार ४३ सय ६४ जनामा संक्रमण पुष्टि

0
372

असोज २२, २०७७ काठमाडौं : पछिल्लो एक दिनमा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४३ सय ८४ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या ९८ हजार ६३७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

आज देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ।

SHARE