कोरोना संक्रमित वडासदस्यको मृत्यु

0
261

असोज २२, २०७७ काठमाडौं : कोरोना संक्रमणका कारण रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडानम्बर ५ का वडासदस्यको मृत्यु भएको छ।

हिजो राति १० बजे उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले जानकारी दिए।
कोरोना पुष्टिपछि घरमै आइसोलेसनमा बसेका उनी एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो।

SHARE