मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक

0
542

काठमाडौं : मन्त्रिपरिषद्को मंगलबार बसेको बैठककले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषद बैठकले कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा। योगेन्द्रकुमार कार्कीलाई नियुक्त गरेको छ भने कार्यकारी निर्देशकमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ ।

यसैगरी विभिन्न देशमा कार्यरत महावाणिज्य दूतहरुको पदावदी थप गर्ने निर्णय भएको छ भने शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि सिफारिस गर्न एक समित गठन गर्ने निर्णय भएको ज्ञवालीले बताए ।

SHARE