२९ सेनासहित गण्डकीमा ५८ संक्रमित थप

0
301

असोज २१, २०७७ कास्की : बागलुङमा कार्यरत २७ जना र बेनीका २ जना नेपाली सेनासहित गण्डकी प्रदेशमा बुधबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको तीन फरक(फरक विज्ञप्तिमा उल्लेख भएअनुसार गण्डकीका ६ जिल्लामा संक्रमित थपिएका हुन्। बागलुङमा रहेको श्री नं। २३ बाहिनी, सेरा डिल व्यारेकमा कार्यरत २७ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको छ। उनीहरू यसअघि संक्रमण भएका सेनाका जवानहरुको सम्पर्कमा आएकाले जाँच भएको थियो।
बागलुङमा कार्यरत एक जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ भने अर्का एक जना स्थानीयमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। काठेखोला गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको छ।

उनीहरु भारतबाट आई क्वारेन्टाईनमा बसेका थिए। कास्कीको पोखरा महानगर पालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ। लमजुङको राइनासमा २ जना र सुन्दर बजारमा १ जनामा संक्रमण पुष्टि भएको छ। तनहुँको देवघाटमा १ जना, भानुमा १ जना र व्यासमा २ जना तथा म्याग्दीको बेनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

पूर्वी नवलपरासीको गैंडाकोटमा ९ जना, मध्यविन्दुमा १ जना, देवचुलीमा १ जना र कावासोतीमा १ जनामा संक्रमण पुष्टि भएको हो।

SHARE