असोज २१, २०७७ भद्रपुर : मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो। मृतक शिशुमा संक्रमण पुष्टि भएपछि उनको घर आसपास तथा छरछिमेकमा त्रास बढेको छ। भद्रपुर नगरपालिका–८ का शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो। स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु अस्पताल प्रशासनले जनाएको छ।