नेकपा सचिवालय बैठक आज बस्दै

0
451

असोज २०, २०७७ काठमाडौं ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ।

सरकारका निर्णयहरुको समीक्षा तथा विभिन्न समसामयिक विषयमा छलफल गर्न आज दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको हो। यसअघि आइतबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर काम गरिरहेका सल्लाहकार तथा स्वकीय सचिवहरुमा समेत कोरोना संक्रमण पुष्टि भएपछि सचिवालय बैठक रोकिएको थियो।

SHARE