प्रदेश सभामा तोडफोड गर्ने कार्य संसदिय मर्यादा बिपरित : गगन थापा

0
565
फाइल फोटो

असोज२०, २०७७ काठमाडौं : नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य गगन थापाले सोमबार प्रदेश ५ मा आफ्नै सांसदहरूले गरेको तोडफोड संसदीय मर्यादा विपरित भएको भन्दै कारबाही गर्न माग गरेका छन्।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै उनले उक्त घटनाको आत्मालोचना गर्दै कारबाही गरिनुपर्ने बताएका हुन्। ‘
प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरित छ। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्।
हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ’ नेता थापाले फेसबुकमा लेखेका छन्।

SHARE