चितवनमा दुईजना संक्रमितको मृत्यु

0
263

असोज २०, २०७७ चितवन : चितवनमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।
चितवनको भरतपुर महानगरपालिका ३ का ७० वर्षीय संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसिरहेका उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा थप समस्या भएपछि हिजो बेलुकी अस्पताल लगिएको थियो। अस्पताल पु¥याएलगत्तै उनको मृत्यु भएको हो। उनी मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ।

यस्तै, चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित वृद्धको पनि आज विहान मृत्यु भएको छ। पूर्वी नवलपरासीको कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

SHARE